Thursday, October 12, 2017

यी मध्ये कुनै पनि एक बानिले तपाईंको दिमागमा असर पुर्याईरहेको हुन्छ, जानी राखौं-

टाउकोमा  लाग्ने चोटपटक, बिमारी या त गलत औषधीे प्रयोगले मात्र दिमागमा असर पुग्ने होईन कि दैनीक हाम्रो जिवनको भाग दौडमा गल्तीबश यस्तो आनी बानी गरीरहेको हुन सक्छौं कि जसले हाम्रो प्रमुख मध्ये एक दिमाग ब्रेनलाइ असर पुर्याइरहेको हुन्छ ।
भारतका सीनीयर न्यूरोलोजीष्ट डा. प्रनव कुमारका अनुसार ्दिमागलाई असर पुग्ने यी बानीहरु जानौं –
  • मानिसलाई एक दिनमा कम्तिमा ७ घण्टा निदाउनु पर्ने हुन्छ ,नभए दिमागले आराम पाउँदैन र यसले गर्ने कामको क्ष्मतामा ह््रास आउछ ।
  • धेरै समय ैएक्लै बस्न,े मनमा धेरै कुरा खेलाउने आदतले पनि दिमागलाई असर गर्छ ,यो समस्या बढ्दै गय अल्जाईमर हुने खतरा हुन्छ ।
  • जंक फुड अर्थात बजारमा पाइने अजिनोमोटो युक्त खानाको धेरै सेवन गर्दा यसमा हुने अत्यधीक सोडीयमको कारण पनि दिमागमा हुने न्यूरोन रिसेप्टर्समा धेरै हदसम्म असर पुग्दछ जसको कारणले टाउको दुखीरहने,वाकवाकी लाग्ने स्मरण शक्ती हराउदै जाने समस्या हुन्छ ।
  • लगातार ठूलो आवाजमा हेडफोन या इयरफोनमा गीतहरु सुनीरहनाले ब्रेन टिस्युजमा नकारात्मक असर पुग्न गइ दिमागी असन्तुलनको साथै अल्जाईमर निम्त्याउने प्रवल सम्भावना हुन्छ ।
  • खाना सँगै नियमीत ब्यायम काम नगर्नाले सुगर तथा प्रेशर बढ्ने जस्ता समस्या जसको प्रत्यक्ष ब्र्रेनमा असर पुग्ने हुन्छ ।
  • चुरो सेवन गर्ने बानी जुन समयमा शरीरमा एक किसिमको खराव केमीकल शरीरले निकाल्छ जसको कारण रगत बाक्लो र गाढा हुनेहुँदा दिमाग सम्म रगत सप्लाईमा कमी आई समस्या निम्त्याउन सक्छ ।
  • आवश्यक भन्दा धेरै खाना खाने बानी जसको दिमाग सँग प्रत्यक्ष सम्बन्ध हुन्छ दिमागको सोच्ने क्षमतामा कमी आउने समस्या देखा पर्छ ।
  • साना कुराहरुलाई लिएर छिटो छिटो रीसाईरहने बानी जसले मुटु तथा दिमागलाई धेरै हानी पुर्याउँछ ।
  • प्राकृतिक उज्यालोमा नबसी धेरै समय अँध्यारोमा रमाउन,े बन्द कोठामा गुम्सीएर एक्लै बस्ने बानी जसले डिप्रेशन बढाउनुको साथै दिमागलाई बोझ पुर्याउने हुन्छ ।