यस्ता शिक्षक पनि छन्, हरे यिनको बुद्धि? शिक्षक हुन् कि विवेकहराम हुन्? जागिर जोगाउन सेनालाई चिठी? दिन धेरै उज्याला छैनन् शिक्षकका।
Friday, January 19, 2018
यूएई जाने कामदारको करारपत्रमै छली
जेष्ठ १७, २०७४- अप्रिल २१ तारिख मार्कपार्क, धादिङकी २१ वर्षीया सजिना गुरुङ अल्कुज लेबर क्याम्पमा भेटिइन् । उनी नेपाल फर्कने टिकट र राहदानीको प्रतीक्षामा थिइन् । गल्फ इनोभेसन ओभरसिजलाई ७५ हजार रुपैयाँ तिरेर आएकी सजिना छिट्टै स्वदेश फर्कनु परेकामा चिन्तित देखिन्थिन् । ‘हामीलाई म्यानपावर र कम्पनी मिलेर फसाए,’ गुरुङले भनिन्, ‘केही हुन्छ कि भनेर तीन वर्षे छोरी छाडेर आएँ । पैसा नबच्ने भएपछि किन बसिराख्नु ?’
उनीसहित ५२ नेपाली कामदार दुबईको ‘क्लिनिको क्लिनिङ एन्ड बिल्डिङ मेन्टिनेन्स’ कम्पनीमा आएका थिए । कम्पनीले महिलालाई अल्कुज र पुरुषलाई सोनापुर लेबर क्याम्पमा राखेको थियो । अघिल्लो रात सोनापुर क्याम्प पुग्दा २१ युवक स्वदेश फिर्ने प्रतीक्षामा थिए । दुबईमै नाम चलेको यस कम्पनीबारे उनीहरूले आउनुअघि पनि बुझेकै थिए । म्यानपावर र कम्पनीको जालसाजीमा परिएला भन्ने चिताएकै थिएनन् ।
फरक–फरक करारपत्र
संयुक्त अरब इमिरेट्स (यूएई) को श्रम कानुनलाई खाडीमै उदाहरणका रूपमा लिइन्छ । उक्त कानुनअनुसार जुन देशबाट कामदार ल्याउने हो, त्यो देशको भाषामा रोजगार करारपत्र तयार गर्नुपर्छ । कामदारले हस्ताक्षर गरेको त्यो करारपत्र यूएईको अध्यागमन विभागमा पेस गरेपछि मात्रै भिसा जारी हुन्छ । कामदारले भने यूएईको सक्कली करारपत्र नेपालमा देख्नै पाएका हुँदैनन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) को श्रम कानुनलाई खाडीमै उदाहरणका रूपमा लिइन्छ । उक्त कानुनअनुसार जुन देशबाट कामदार ल्याउने हो, त्यो देशको भाषामा रोजगार करारपत्र तयार गर्नुपर्छ । कामदारले हस्ताक्षर गरेको त्यो करारपत्र यूएईको अध्यागमन विभागमा पेस गरेपछि मात्रै भिसा जारी हुन्छ । कामदारले भने यूएईको सक्कली करारपत्र नेपालमा देख्नै पाएका हुँदैनन् ।
Friday, October 13, 2017
एसईईमा कोही अनुत्तीर्ण नहुने भनिए पनि प्लस टु पढ्न भने जीपीए प्रणालीका आधारमा बेग्लै व्यवस्था गरिएको छ । यस्तो अवस्थामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रदान गर्ने सीपमूलक तालिम एवं प्राविधिक कोर्सहरूमा विद्यार्थीको आकर्षण बढेको छ ।
सामाजिक विषयमा डी र ई ग्रेड प्राप्त गर्ने विद्यार्थीले मात्र होइन ए प्लस प्राप्त गर्ने विद्यार्थीहरूले पनि प्राविधिक कोर्सहरूमा आफ्नो भविष्य देखेका छन् । भविष्यमा बेरोजगार भएर भौंतारिनु नपरोस् भनेर रोजगारमूलक विषय छनौट गर्नेहरूको संख्यामा लगातार वृद्धि भैरहेको सिटिइभिटीअन्तर्गतको एनएसटीभीका उप–निर्देशक टैलेन्द्र आचार्य बताउँछन् । स्वदेश वा विदेशमा पनि रोजगारी प्राप्त गर्ने सकिने प्राविधिक शिक्षा नपढे पछि परिन्छ भन्ने कुरा २१ औं शताब्दीका विद्यार्थीले बुझिसकेका छन्, आचार्य भन्छन्– हाम्रो लक्ष्य भनेकै प्राविधिक शिक्षामा दक्ष बनाएर नेपाली युवाहरूले विश्वका कुनै पनि ठाउँमा रोजगारी प्राप्त गर्नबाट वञ्चित हुन नपरोस् भन्ने हो ।
नेपालमा पनि रोजगारमूलक प्राविधिक शिक्षाका थुप्रै विषय पढ्न पाइने अवस्था छ । विश्वविद्यालयहरू तथा उच्च माध्यमिक शिक्षा परिषद्ले युग सुहाउँदो प्राविधिक शिक्षाका कोर्सहरू भिœयाएका छन् । त्यसमध्ये सिटिइभिटीले प्रदान गर्ने प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमले व्यक्तिलाई गरी खान सक्ने बनाउँछ भन्ने बुझेका विद्यार्थीहरू यतातर्फ झुम्मिएका छन् । नेपालमा वि.सं. २०४५ सालमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले ल्याएका विभिन्न रोजगारमूलक शिक्षा एवं तालिमहरूले धेरैलाई रोजगार बनाई जीवन धान्न सक्ने बनाउँदै आएको छ ।
प्लस टुमा जीपीएमा अयोग्य ठहरिएका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाएका वा उच्च ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीसमेतलाई लक्षित गरी रोजगारमूलक सीप सिक्न सिटिइभिटीले पनि आह्वान गरिरहेको छ । विज्ञापनमार्फत नै सिटिइभिटीले कम जीपीए र विषयगत ग्रेड ल्याउने विद्यार्थीलाई १८ महिने टीएसएलसी कोर्सहरूको अध्ययन गर्न पाउने व्यवस्था मिलाएको छ । विगतका वर्षहरूमा एसईई उत्तीर्ण हुनेले पढ्ने १५ महिने तथा अनुत्तीर्ण हुनेले पढ्ने २९ महिने कोर्सलाई समायोजन गरेर अहिले सबैका लागि १८ महिने कोर्सको व्यवस्था गरिएको छ ।
विश्वविद्यालय तथा उच्च मावि स्तरमा पढाइ हुने विषयहरू रोजगारमुलक नभएको आरोप लाग्दै आएको छ । नेपालमा परम्परागत ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा एवं त्यसमा समय सापेक्ष विकास नगरिँदा युवाहरू सीपविहीन बन्न पुगेका छन् । हातमा सीप नभएकै कारण युवाहरू स्वरोजगारको बाटोमा लाग्न नसकी विदेश पलायन हुनुपरेको छ । सीपको अभावमा थुप्रै युवा बेरोजगार बस्नुपरेको छ । प्राविधिक क्षेत्रको कोर्स पढे नयाँ सीप सिक्ने मौका मिल्ने भएकाले जोकोही बेरोजगार बस्नु नपर्ने शिक्षाविद्हरू बताउँछन् । प्राविधिक शिक्षाको माध्यमबाट स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले सिटिइभिटीले विभिन्न तहमा कक्षा सञ्चालन गर्दै आएको छ । सिटिइभिटीका आंगिक एवं सम्बन्धन लिएका शिक्षालयहरूले बजार सुहाउँदो सीप हासिल गर्ने गरी प्राविधिक शिक्षा प्रदान गरिरहेका छन् ।
कुन ग्रेडका विद्यार्थीका लागि कुन कोर्स ?
सिटिइभिटीका आंगिक तथा सम्बन्धन प्राप्त निजी शिक्षालय वा कलेजहरूले तीनवर्षे डिप्लोमा तथा प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरिरहेका छन् । सिटिइभिटीबाट सञ्चालित कुनै पनि कोर्सलाई ग्रेडिङ प्रणालीले छेकेको छैन । विद्यार्थीहरूले सिटिइभिटीले प्रदान गर्ने टीएसएलसीका विभिन्न कोर्सहरू पढ्न पाउँछन् । ई ग्रेड ल्याउनेहरूका लागि पनि प्राविधिक कोर्सहरूको व्यवस्था गरिएको छ । यसमा ८० प्रतिशत प्रयोगात्मक तथा २० प्रतिशत सैद्धान्तिक विषयवस्तु पढ्नुपर्छ । टीएसएलसी सकेपछि भने तीनवर्षे कोर्स गर्न पाइन्छ । त्यसबाहेक उनीहरूले आफ्नो रोजाइअनुसार छोटो अवधिका सीपमूलक तालिमहरू पनि लिन सक्छन् ।
प्रमाणपत्र तथा डिप्लोेमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रमका लागि एसईईको अंग्रेजी, गणित तथा विज्ञान विषयमा न्यूनतम सी ग्रेड र जीपीए २ अंक अनिवार्य प्राप्त गरेको हुनुपर्छ । त्यसैगरी डिप्लोमा इन्जिनियरिङ तर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा न्यूनतम डी प्लस ग्रेड अनिवार्य मानिएको छ । डिप्लोमा तहका कृषि, फुड, डेरी टेक्नोलोजी र फरेस्ट्री कार्यक्रमका लागि अंग्रेजी, गणित एवं विज्ञानमध्ये कुनै दुईवटा विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड प्राप्त गर्नुपर्छ । त्यसैगरी डिप्लोमा इन होटल म्यानेजमेन्ट, उद्यमशिलता विकास र सोसल वर्कका लागि अंग्रेजी, विज्ञान तथा गणितमा न्यूनतम डी प्लस ग्रेड अनिवार्य मानिएको छ ।
उपलब्ध विषयहरू
स्वास्थ्य: सीएमए, अनमी, ल्याब टेक्निसियन, आम्ची, आयुर्वेद, डेन्टल हाइजेनिस्ट, अक्युपन्चर आदि ।
इन्जिनियरिङ : इलेक्ट्रिकल, मेकानिकल, सर्भे, सिभिल, जेटीसी (कम्प्युटर), अटो मेकानिक्स, रेफ्रिजेरेटर एन्ड एयर कन्डिसनिङ, स्यानिटेरी आदि ।
कृषि : जेटिए, प्लान्ट साइन्स, टेक्सटाइल एन्ड सेरिकल्चर आदि ।
उपरोक्त विषयबाहेक कार्यालय व्यवस्थापन, सामाजिक परिचालक, उद्यमशिलता, अफिस व्यवस्थापनका कोर्सहरू पनि पढ्न पाइन्छ ।
खर्च कति लाग्छ ?
प्राविधिक विषय अध्ययन गर्न फरक–फरक विषयका लागी कोर्स र अवधि अनुरूप फरक–फरक शुल्क निर्धारण गरिएको छ । सरकारी तथा निजी शिक्षालयले फरक–फरक शुल्क लिन्छन् । जुनसुकै कोर्स पूरा गर्दा सरकारीतर्फका शिक्षालयमा १५ हजारदेखि १ लाख रुपैयाँसम्म लाग्छ । त्यसैगरी निजी क्षेत्रमा भने ६० हजारदेखि ५ लाख रुपैयाँसम्म खर्च लाग्छ भने आर्थिक अवस्था कमजोर भएकाहरूलाई छात्रवृत्तिको सुविधा उपलब्ध छ ।
छनौट प्रक्रिया
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले हालसम्म प्राविधिक एसएलसी तह तथा तीनवर्षे डिप्लोमा÷प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरेको छ । भर्नाका लागि छनौट हुन अंग्रेजी, विज्ञान, गणित, स्वास्थ्यजस्ता विषयमा केन्द्रित रहेर प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षामा सामेल भएर प्रतिस्पर्धाका आधारमा तोकिएको कोटामा विद्यार्थी छनौट गरिन्छ । छोटो अवधिको तालिम अर्थात् सीप परीक्षणका लागि भने छुट्टै व्यवस्था छ । जीपीए प्रणाली सुरु हुनुअघि नै एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि भने फरक व्यवस्था छ । प्रवेश परीक्षामा अंग्रेजीमा–२०, गणीतमा–२०, विज्ञान वा स्वास्थ्यमा–२० गरी ६० पूर्णाङ्कको वस्तुगत प्रश्नहरू सोधिन्छ । सिट न्यून संख्यामा भएकाले छनौट हुन भने कडा प्रतिस्पर्धा गर्नुपर्छ ।
छोटो अवधिका तालिम
हातमा सीप भयो भने रोजगारी प्राप्त गर्ने समस्या पर्दैन । प्राविधिक ज्ञानको अभावमा धेरै नेपाली युवाले वेरोजगार बस्नुपरेको छ । यही समस्यालाई मध्यनजर गर्दै सिटिइभिटीअन्तर्गतको सानोठिमी प्राविधिक शिक्षालयले छोटो अवधिको तालिम सञ्चालन गरी स्किल टेस्टमार्फत धेरैलाई आत्मनिर्भर हुन सक्ने बनाएको छ । सन् १९८३ मा स्थापना भएको यो शिक्षालयले १२ महिने लाइट भेइकल मेकानिकदेखि एक महिने सवारी चालक तालिमसम्म प्रदान गर्छ जसमा लाइट भेइकल सर्भिस मेकानिक, इन्टेरियर डिजाइन, मोटरसाइकल मेकानिक, लेथ सेटर अपरेटर, प्रिन्टिङ प्रेस टेक्निसियन, जुनियर प्लम्बर, हाउस वायरिङ, हेभी इक्विमेन्ट मेकानिक जस्ता १८ वटा क्षेत्रमा तालिम सञ्चालन गरिन्छ । ती तालिम लिन भर्ना शुल्कबापत न्यूनतम २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । हरेक वर्षको साउन, भदौ र फागुनमा तालिम सत्र प्रारम्भ हुन्छ ।
वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि पनि विभिन्न किसिमका तालिम सञ्चालित छन् । इलेक्ट्रिकल, अटो मेकानिक, सिभिल इन्जिनियरिङ, प्लम्बरसहित कन्ट्रक्सन आदि विषयमा सिटिइभिटीअन्तर्गतका शिक्षालयहरूबाट तालिम प्राप्त गर्न सकिन्छ । तालिमपछि सिटिइभिटीबाट प्राप्त प्रमाणपत्रले पनि वैदेशिक रोजगारीमा थप सहयोग पु¥याउँछ ।
छात्रावृत्तिको व्यवस्था
सिटिइभिटीले सञ्चालन गर्ने डिप्लोमा र १८ महिने सबै कार्यक्रममा जेहेन्दार, वर्गीकृत एवं विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ । वर्गीकृत र जेहेन्दार छात्रवृत्तिका लागि सम्बन्धित संस्थाको सोही कार्यक्रममा मात्र प्रतिस्पर्धा गर्न पाइन्छ । विशेष छात्रवृत्ति बेपत्ता पारिएका व्यक्ति तथा सहिद परिवार, जनआन्दोलनका घाइतेका साथै द्वन्द्वबाट विस्थापित, महिला, अपांग, दलित, आदिवासी जनजाति, कमैया, मधेसी वा मुसलमान, मधेस आन्दोलनका पीडित, भूकम्पपीडित, पिछडिएका वा दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरिएको छ ।
विश्वभर बिक्ने प्राविधिक शिक्षा
विदेश अध्ययनका लागि नेपाली विद्यार्थीहरूले पहिलो गन्तव्यका रूपमा अस्ट्रेलियालाई रोज्न थालेपछि शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरू चकित छन् । अप्रत्याशित रूपमा अस्ट्रेलियाप्रति विद्यार्थीको क्रेज बढेसँगै कन्सल्टेन्सीहरूमा प्रतिस्पर्धा पनि बढेको छ ।
दुई दशकअघिसम्म छिटफुट विद्यार्थी अस्ट्रेलिया गएको पाइए पनि पछिल्ला वर्षहरूमा अस्ट्रेलियाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या सबैभन्दा उच्च छ । आर्थिक वर्ष २०७३/०७४ मा नो अब्जेक्सन लेटर लिने ५० हजार ६ सय ५९ जनामध्ये २४ हजार २ सय ३३ विद्यार्थीले अस्ट्रेलियाका लागि निवेदन दिएका थिए । यही तथ्यांकले पनि अस्ट्रेलियाप्रति विद्यार्थीको आकर्षणतर्फ संकेत गर्छ ।
उन्नत र गुणस्तरीय शिक्षा, सुरक्षित गन्तव्य साथै सुनिश्चित भविष्य, रोमाञ्चक जीवनयापन आदिका कारण अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा परेको परामर्शदाताहरूको बुझाइ छ । सिड्नीमा केन्द्रीय कार्यालय रहेको पुतलीसडकस्थित टिम कन्सल्टका म्यानेजिङ डाइरेक्टर विनोदकुमार सुवेदी भन्छन्— अस्ट्ेरलिया व्यवहारिक शिक्षा मात्र नभै रोजगारीमार्फत धेरै आम्दानी गर्न सकिने देश पनि हो, त्यसका अतिरिक्त त्यहाँको हावापानी नेपाली विद्यार्थीका लागि उपयुक्तसमेत छ ।’
सुवेदीका अनुसार भिसा प्रक्रिया सहज भएकाले पनि विद्यार्थीहरू अस्ट्रेलियाप्रति आकर्षित छन् । प्रशासनिक प्रक्रियामा झन्झट नहुने, पढाइ सकेपछि आवासीय भिसा र वर्क परमिटका लागि समस्या नपर्ने भएपछि विद्यार्थीको अस्ट्रेलिया क्रेज बढेको हो । त्यतिमात्र होइन अस्ट्रेलियाको सरकारले सन् २०२५ सम्मको रणनीति नेसनल स्ट्राटेजी फर इन्टरनेसनल एजुकेसन–२०२५ सार्वजनिक गर्दै आगामी वर्षहरूमा विदेशी विद्यार्थीको संख्यालाई दोब्बर पार्ने स्पष्ट पारिसकेको छ ।
सजिलो प्रक्रिया
अस्ट्रेलियाको अध्ययन भिसा प्राप्त गर्ने प्रक्रिया झन्झटिलो छैन । २०१६ अगस्टदेखि अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थी भिसामा नयाँ प्रक्रिया सुरु गरेसँगै नेपाली विद्यार्थीहरूलाई पनि सहज भएको छ । सरकारले कलेज र देशको क्याटोगरी छुट्टयाएको छ, जसमध्ये नेपाल मध्यम रिक्स भएको देशमा छ । कलेजले आवेदन दिएका विद्यार्थीको रुचि, शैक्षिक प्रोफाइल तथा आर्थिक स्तर जाँच गरेपछि भिसा प्राप्त हुने सम्भावना बलियो हुन्छ ।
कसरी गर्ने आवेदन
अस्ट्रेलिया जान चाहने विद्यार्थीले आफ्नो रुचि, शैक्षिक योग्यता तथा आर्थिक हैसियतअनुसार आवेदन दिनुपर्छ । विशेषत: कक्षा ११ र १२ उत्तीर्ण भएपछि आवेदन दिन पाइन्छ । एसईई साथै ११ र १२ कक्षामा उच्च अंक ल्याउने वा अंग्रेजी भाषामा दख्खल भएका विद्यार्थीले चाँडै भिसा प्राप्त गर्न सक्छन् । स्नातक सकेपछि पनि सोहीअनुरूपका कोर्समा आवेदन दिन पाइन्छ । आईएलटीएस, टोफल, पीटीईमध्ये कुनैमा तोकिएको अंक ल्याउनैपर्छ । आईएलटीएसमा न्यूनतम ६ अंक ल्याउनुपर्छ ।
आफ्नो शैक्षिक पृष्ठभूमिका आधारमा कोर्स छनौट गर्न पाइन्छ । कलेज र कोर्स फाइनल भएपछि मात्र प्रारम्भिक चरणको भर्ना प्रक्रिया सुरु हुन्छ । यसका लागि कन्सल्टेन्सीहरूलाई मध्यस्थकर्ताका रूपमा लिन सकिन्छ ।
प्रारम्भिक चरणको भर्ना प्रक्रिया पूरा गरेपछि कलेज वा विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि योग्य भए नभएको जानकारी पठाउँछ । सोही आधारमा आवश्यक सबै डकुमेन्ट तयार गर्नुपर्छ । डकुमेन्ट पूरा गरेपछि तोकिएको शुल्क तिर्नुपर्छ । कलेजले पैसा पाएपछि सीओई (कन्फर्मेसन अफ इन्ड्रेलमेन्ट लेटर) पठाउँछ । त्यसपछि अनलाइनमार्फत भर्ना गर्नुपर्छ । सिओइमा एउटा युनिक नम्बर हुन्छ । त्यही नम्बरका आधारमा अनलाइन फाराम भर्नुपर्छ । सीओई लेटरकै आधारमा भिसा आवेदन पनि भर्नुपर्छ ।
आवश्यक डकुमेन्ट
–एसईई तथा कक्षा ११ र १२ उत्तीर्ण गरेको प्रमाणपत्र,स्नातक तहको भए सोही लेभलको शैक्षिक प्रमाणपत्र ।
– आईएलटीएस, टोफल, पीटीईमध्ये कुनैमा तोकिएको अंकसहितको प्रमाणपत्र ।
–शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर ।
–आम्दानीको स्रोत : अस्ट्रेलियामा सामान्य जीवनयापन गर्न र कलेज शुल्क तिर्न पुग्ने आम्दानीको स्रोत खुल्ने डकुमेन्ट ।
–कर फच्र्योट (ट्याक्स क्लिरिएसन्स) : आफुसँग रहेको सम्पत्तिको कर तिरेको प्रमाण ।
–सम्पत्ति विवरण (पपर्टी भ्यालुएसन) : आफूसँग रहेको अचल सम्पत्तिको निर्धारित मूल्यको विवरण खुल्ने प्रमाण ।
–नाता प्रमाणका कागजहरू ।
–स्पोन्सर्स र कन्फर्मेसन लेटर ।
–जीवन विमा र मेडिकल रिपोर्ट ।
–फिङ्गर प्रिन्ट ।
खर्च कति लाग्छ ?
अस्ट्रेलिया अध्ययनका लागि करिब १० देखि १४ लाख रुपैयाँसम्म खर्च लाग्छ । यसमा ६ महिनादेखि एक वर्षसम्मको कलेज शुल्क समेटिन्छ । कलेज वा विश्वविद्यालय अनुसार खर्च फरक–फरक हुन सक्छ ।
अस्ट्रेलियाको बसाइ अलिक महँगो हुन्छ, तसर्थ साथीहरू मिलेर युनिटमा बस्न सकिन्छ । त्यहाँ पार्ट टाइम जबको प्रशस्त अवसर उपलब्ध हुन्छ । १५ दिनमा ४० घन्टा काम गर्न पाइन्छ । अन्य भ्याकेसनहरूमा मजाले काम गर्न पाइन्छ । न्यू इयर र क्रिसमसमा करिब डेढ महिना जति बिदा हुने भएकाले थप काम गरेर पढ्ने खर्च जुटाउन सकिन्छ । एक वर्षमा एक जना विद्यार्थीका लागि सरदर १८ हजार अस्ट्रेलियन डलरजति (खान र बस्न) पर्याप्त हुन्छ ।
विद्यार्थीले रोज्ने विषय
अस्ट्रेलियामा आफ्नो क्षमता एवं शैक्षिक स्तरअनुसार कोर्स छनौट गर्न पाइन्छ । धेरैजसो विद्यार्थीले रोज्ने विषय भनेको नर्सिङ, आईटी, होटल म्यानेजम्यान्ट, हस्पिटियालिटी म्यानेजम्यान्ट, एकाउन्टेन्ट आदि हुन् । यी कोर्स कलेजअनुसार फरक–फरक हुन्छन् । दुईवर्षेदेखि चारवर्षे कोर्स आदि । डिप्लोमा, एडभान्स डिप्लोमा, त्यसपछि अनर डिग्रीसमेत पढ्नुपर्छ । सिधै ब्याचलर डिग्री गर्न तीन वर्ष लाग्छ ।
अध्ययनका लागि विवाहित नेपाली पुरुष वा महिलाले पाउने अतिरिक्त सुविधा हो— डिपेन्डेट भिसा । खासमा एक जनाको पढाइका निम्ति अर्का सहयोगी बनून् भनेर यस्तो भिसाको व्यवस्था मिलाइएको हो । त्यस्तै, आफ्नो परिवारबाट अलग हुन नपरोस् भनेर पनि यस्तो भिसा दिइएको हो ।
पीआर र डिपेन्डेन्टको आशा
विद्यार्थीले अस्ट्रेलिया रोज्नुको प्रमुख कारण आवासीय सुविधा (पीआर) प्रमुख हो । पढाइ पूरा गरेपछि पीआरका लागि आवेदन दिन पाइन्छ । योग्यताका आधारमा सरकारले पीआर उपलब्ध गराउँछ । अर्को डिपेन्डेट भिसा आवेदनका लागि विवाह दर्ता प्रमाणपूर्जा, जन्म दर्ता, नाता प्रमाणित, विवाहको तस्बिर, घरजग्गाको आधार, संयुक्त बैंक खाता आदि पेस गर्नुपर्ने हुन्छ । डिपेन्डेट भिसामा गएकाहरूले पूर्णकालीन काम प्राप्त गर्न सक्छन् । अस्ट्रेलिया सरकारले पनि अस्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेहरूलाई लक्षित गरेर आर्थिक वर्ष २०१७/०१८ का लागि दक्ष जनशक्तिको सूचि सार्वजनिक गरिसकेको छ, जसमा मिडियम एन्ड लङ टर्म स्ट्राटेजिक स्किल्स लिस्ट (एमएलटीएसएसएल) तथा सर्ट टर्म स्किल्ड अकुपेसन लिस्ट (एसटीएसओएल) दुई खालका पेसा समावेश छन् ।
नेपाली विद्यार्थीको पहिलो रोजाइमा अस्ट्रेलिया
हाम्रो अहिलेको राष्ट्रपति कार्यालय साह्रै कडा छ। पत्रकारहरुलाई अस्ति भर्खर तोकेको मर्यादित पोशाक लगाएर मात्र राष्ट्रपति सहभागी कार्यक्रममा आउन उर्दी जारी गरेको थियो। आज भने रमाइलो भएछ। एक जना मन्त्री चप्पल लगाएरै राष्ट्रपति कार्यालयमा शपथ खान पुगेछन्।
खासमा अरु कारणले हैन, हतार हतार भएर त्यसो भएको रहेछ। नेपाली कांग्रेसले धनुषाबाट समानुपातिक सांसद बनाएका महेन्द्र यादवलाई आफू मन्त्री बन्छु भन्ने थाहै थिएन। थाहा होस् पनि कसरी, मिडियामा यी यी मन्त्री बन्दैछन् है भनेर आएका हल्लामा उनको नामोनिसान थिएन।
बरु अर्जुन जोशीको नाम मन्त्री बन्ने लिस्टमा थियो। तर भाग्य खुल्यो महेन्द्र यादवको।
बरु अर्जुन जोशीको नाम मन्त्री बन्ने लिस्टमा थियो। तर भाग्य खुल्यो महेन्द्र यादवको।
अन्तिममा उनलाई मन्त्री बनाइएको र शपथ लिन तु शितल निवास जानुपर्ने भनियो। अनि हतार हतार उनी कुर्ता सुरुवाल र चप्पलै लगाएर कुदे।
महेन्द्र यादव खानेपानी तथा सरसफाई मन्त्री बनेका छन्।
आज थपिएका १९ मन्त्रीसहित अब मन्त्रिपरिषद् यस्तो भएको छ
प्रधानमन्त्री
१ शेरबहादुर देउवा उद्योग ; वन तथा भू-संरक्षण; विज्ञान तथा प्रविधि; र शान्ति तथा पुननिर्माण
१ शेरबहादुर देउवा उद्योग ; वन तथा भू-संरक्षण; विज्ञान तथा प्रविधि; र शान्ति तथा पुननिर्माण
उपप्रधानमन्त्री
२ विजयकुमार गच्छदार सङ्घीय मामिला तथा स्थानीय विकास
३ कृष्णबहादुर महरा परराष्ट्र
४ गोपालमान श्रेष्ठ शिक्षा
२ विजयकुमार गच्छदार सङ्घीय मामिला तथा स्थानीय विकास
३ कृष्णबहादुर महरा परराष्ट्र
४ गोपालमान श्रेष्ठ शिक्षा
मन्त्री
५ गिरिराजमणि पोखरेल स्वास्थ्य
६ ज्ञानेन्द्रबहादुर कार्की अर्थ
७ फरमुल्लाह मन्सुर श्रम तथा रोजगार
८ जनार्दन शर्मा गृह
९ प्रभु शाह सहरी विकास
१० जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११ गोपाल दहित भूमिसुधार तथा व्यवस्था
१२ मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार
१३ रामकृष्ण यादव कृषि विकास
१४ महेन्द्र यादव खानेपानी तथा सरसफाई
१५ अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण
१६ वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात
१७ मीनबहादुर विश्वकर्मा वाणिज्य
१८ यज्ञबहादुर थापा कानुन, न्याय, तथा संसदीय मामिला
१९ भीमसेनदास प्रधान रक्षा
२० सञ्जयकुमार गौतम सिँचाइ
२१ राजेन्द्रकुमार के.सी. युवा तथा खेलकुद
२२ टेकबहादुर बस्नेत सामान्य प्रशासन
२३ शिवकुमार मण्डल केवट आपूर्ति
२४ महेन्द्रबहादुर शाही ऊर्जा
२५ आशा कोइराला महिला, बालबालिका तथा समाजकल्याण
२६ सन्तकुमार थारु पशुपंक्षी विकास
२७ मिथिला चौधरी जनसङ्ख्या तथा वातावरण
५ गिरिराजमणि पोखरेल स्वास्थ्य
६ ज्ञानेन्द्रबहादुर कार्की अर्थ
७ फरमुल्लाह मन्सुर श्रम तथा रोजगार
८ जनार्दन शर्मा गृह
९ प्रभु शाह सहरी विकास
१० जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११ गोपाल दहित भूमिसुधार तथा व्यवस्था
१२ मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार
१३ रामकृष्ण यादव कृषि विकास
१४ महेन्द्र यादव खानेपानी तथा सरसफाई
१५ अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण
१६ वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात
१७ मीनबहादुर विश्वकर्मा वाणिज्य
१८ यज्ञबहादुर थापा कानुन, न्याय, तथा संसदीय मामिला
१९ भीमसेनदास प्रधान रक्षा
२० सञ्जयकुमार गौतम सिँचाइ
२१ राजेन्द्रकुमार के.सी. युवा तथा खेलकुद
२२ टेकबहादुर बस्नेत सामान्य प्रशासन
२३ शिवकुमार मण्डल केवट आपूर्ति
२४ महेन्द्रबहादुर शाही ऊर्जा
२५ आशा कोइराला महिला, बालबालिका तथा समाजकल्याण
२६ सन्तकुमार थारु पशुपंक्षी विकास
२७ मिथिला चौधरी जनसङ्ख्या तथा वातावरण
हतार हतारमा चप्पल लगाएरै शपथ ग्रहण
अनमोलमणिले सार्वजनिक गरेको यो पत्रमा साउन ११ गतेको मिति र दर्ता मिति पनि साउन ११ कै छ। सात जनाले यसमा हस्ताक्षर गरेका छन्।
पत्रको व्यहोरा अनुसार उनीहरुले स्नातकोत्तर पास गरेका छन्। सरकारको स्वीकृत दरबन्दीमा नै नियुक्त भएका रहेछन्। तर शिक्षक सेवा आयोगले २०७३ चैत १९ गते खोलेको विज्ञापनमा उनीहरुलाई उम्मेदवा बन्न दिइएनछ।
त्यसैले उनीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएछन्, तर सर्वोच्चले उनीहरुको पक्षमा आदेश दिएनछ।
यो देशमा कानुनी राज्य मान्ने हो भने सर्वोच्चको फैसला नै अन्तिम हुन्छ। यसको आदेश सबैले मान्नुपर्ने हुन्छ। सेनाले समेत। तर यही कुरा विद्यार्थीलाई सिकाउनु पर्ने अगुवा गुरुहरुले गति छाडेपछि के हुन्छ? त्यसैको नमूना हो यो।
उनीहरुले सर्वोच्चको आदेश हाम्रो पक्षमा नआएकोले न्यायको अन्तिम रक्षक सेना गुहार्ने बाहेक हामीसँग कुनै विकल्प नभएको भन्दै रोजगारीको हक सुनिश्चित गरिदिन नेपाली सेनालाई अनुरोध गरेका छन्।
अब यसमा सेनाले के गर्दो रैछ हेर्न बडा इन्ट्रेस्टिङ हुने भो हेर्नुस्
गुरुले गति छाडेपछि यस्तो पनि देख्न पाइयो :जागिर जोगाउन सेनासित गुहार
– डा. मुक्ति अर्याल –
रामायणलाई केवल धार्मिक ग्रन्थका रुपमा हेरियो भने त्यसको गुदी थाहा पाउन सकिन्न, अर्थको अनर्थ हुन जान्छ। रामका भक्तहरुले अघिपछि भजन गाउने अनि बालीको कुरा वा उत्तर खण्डमा सीतालाई वनवास पठाउँदाको कुरा आउँदा लज्जित हुनु पर्ने हुन्छ। नास्तिक वा धर्म मान्दिन भन्ने हरुले “आफ्नै श्रीमती माथि अविश्वास गरी वन पठाउने पनि कहीँ मर्यादापुरुष हुन्छ?” भन्ने कुराहरु अाउँछन्। अनि वास्तविकता के हो त? ल आउनुस् एकै क्षण मनन गरौं, छोटोमा।
राम, कृष्ण आदि भगवानका अवतार भनिएका हाम्रा धर्मग्रन्थका पात्रहरु सामाजिक, धार्मिक र राजनीतिक क्रान्तिका अभियन्ता हुन्। रामले विवाहपछिको सुहागरातमै सीतालाई आफ्नो खुट्टा ढोग्न दिँदैनन, अंकमाल गर्छन्। श्रीमतीलाई दासी, भार्या भन्ने मान्यता विपरित श्रीमती भनेको साथी हो भनेर सम्झाउँछन् मात्र होइन एउटा वाचा समेत गर्छन्। आफ्नै पिताको उदाहरण दिँदै राजाहरुले बहुविवाह प्रथा तोड्ने र आफ्नो एक मात्र श्रीमती हुने सपथ खान्छन्। अर्को सामाजिक विद्रोह हो छुवाछुतको विरोध: राम छुवाछुत विरोधी थिए। त्यस्ता कुराहरुको व्याख्या लेखकहरुले कमै गर्छन्। तैपनि सबरीको जुठो फल खानु, नाउ केवटसँग को प्रेम भाव आदिमा देख्न सकिन्छ।
रामायणको अर्को पक्ष हो राजनीतिक पक्ष। रामायणमा राजनीति सबैले नदेख्न पनि सक्छन्। बाली वधको प्रसङ्गमा विशुद्ध धार्मिक रुपले हेर्दा लाग्न सक्छ बाली र सुग्रिवमा के पो अन्तर थियो र। एउटी महिला तारामाथि दुबैले गिद्दे नजर लाउँथे। एउटा राज्य माथि दुई भाइ लड्थे। सुग्रिवलाई काखी च्याप्नु र बालीको वध गर्नु के अर्थ? तर यसमा धार्मिक भन्दा राजनीतिक कुरा लुकेको छ। राम जङ्गलमा थिए, उनलाई रावणमाथि हमला गर्नु थियो र ठूलो शक्तिको आवश्यकता थियो। उनलाई वानर सेनाको साथ चाहिएको थियो। त्यसमा सुग्रिवको समूह राज्यबाट अपहेलित थियो। राम स्वयं भाइलाई राज्य छोडेर वनवास आएका र सुग्रिव पनि भाइले लखेटिएकोले दुबैको कथा मिल्दोजुल्दो थियो। त्यसैले उनलाई बालीसँग मित्रता गांस्नुमा भन्दा सुग्रिवसँग गास्नु उत्तम ठाने। सुग्रिवको सेनालाई आफ्नो पक्षमा ल्याउन सके रामलाई लंका विजय गर्न सजिलो पर्थ्यो। त्यसैले रामले सुग्रिवसँग मित्रता गरे र बालीलाई मारेर आफ्नो मित्र धर्म निभाए। यहाँ बाली अधर्मी र सुग्रिव महान भन्ने कुरा होइन। राम कुशल राजनीतिज्ञ थिए र आफू अनुकूल कदम चाल्न सक्थे भन्ने कुराको प्रमाण हो।
अर्को महत्वपूर्ण र कतिपय रामायणमा उल्लेख नगरिएको पक्ष हो रामायणको उत्तर काण्ड जसमा सीतालाई वनवास पठाइएको छ। जब राम अयोध्याका राजा भए, अत्यन्त कुशल प्रशासक भए “राम राज्य” भन्ने एउटा उदाहरणीय राज चलाए। उनले सामाजिक अन्धविश्वास, छुवाछुत, कुरिती र महिलामाथि हुने भेदभाव देखे र त्यसलाई अन्त्य गराउन प्रयास पनि गरे। सबै कुरा गर्न सकिन्छ तर मान्छेको मन रातारात परिवर्तन गर्न सकिन्न। जतिसुकै राम्रा काम गरे पनि अयोध्यावासीले सीतालाई आफ्नो रानीको रुपमा मनैदेखि स्वीकार्न सकेनन्। राजाले स्वीकारेपछि जनताले स्वीकार गर्नै पर्नु वा अगाडि विरोध गर्न नसक्नु एउटा कुरा हो तर गुप्तचरहरुका अनुसार सीतालाई समाजले स्वीकारेको पाइएन। मर्दका धेरै श्रीमती हुने, राजाका धेरै श्रीमती हुने, श्रीमतीलाई आफ्नो शान र सम्पत्तिको रुपमा हेर्ने समाजमा रामले कुशल शासन त दिए तर जनताको सामाजिक अन्धविश्वास जित्न सकेनन्। बल मिच्याइँ गर्नु एउटा कुरा हो जनताको मन जित्नु अर्को कुरा हो। त्यतिका समय रावणसँग बसेकी कसरी चोखी हुन्छे भन्ने सामाजिक मानसिकताको कुनै औषधी भएन। फलतः राजा जनताको प्रतिनिधि हो। आफूले चाहेको होइन राजाले जनताले चाहेको गर्नु पर्छ (अहिले बेलायत युरोपबाट छुटिए जस्तै) भन्ने मान्यता स्थापित गर्न रानी सीता र आफ्नो सल्लाह र सहमति मै सीतालाई बाल्मिकी आश्रममा पठाइयो।
पछि लव र कुशले अस्वमेघ यज्ञमा गाएको गाइने गीतले सबैको मन पगाल्छ र सीतालाई घर फर्काइन्छ। तर समाजले सीताको चरित्र माथि शंका गर्न छोड्दैन। सीतालाई असह्य हुन्छ। अन्तमा सीताले यो समाज महिलामैत्री छैन, महिलाहरुलाई सुखसँग बाच्ने वातावरण छैन, पुरुषलाई छाडा हुन छुट छ तर जति परीक्षा पास गरे पनि महिलाको चरित्रमा शंका गर्न छोडिन्न भन्दै आत्महत्या गर्छिन्। अब त समाजले चेत्ला कि भन्ने सीताको आशामा अझै तुसारापात नै छ। नेपाल होस् वा उत्तर भारतमा महिलाहरु दिनहुँ प्रताडित छन् चाहे त्यो दाइजोको बहाना होस् चाहे चरित्रहिनको आरोप। यो समाजले रामको भजन गायो तर रामलाई पनि हार खुवायो, सीताको मर्म पनि बुझेन। आउनुस\ तपाईं हामी सीताको मर्म बुझ्न खोजौं।
रामायण, बाली वध र सीताको आत्महत्याको मर्म
एउटा फोटो संविधान सभाको पहिलो निर्वाचनपछि प्रत्यक्षतर्फ बहुमत र समानुपातिकतर्फ अत्यधिक सिट ल्याउँदै सबैभन्दा ठूलो पार्टी बनेको तत्कालीन नेकपा माओवादीको सरकारका अर्थमन्त्रीका रुपमा बाबुराम भट्टराई अमेरिका भ्रमणमा जाँदाको।
अर्को फोटो माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेर दुई चरणको स्थानीय तहमा निराशाजनक नतिजा प्राप्त गरेको दलका संयोजक बाबुराम भट्टराई आज आयोजित पत्रकार सम्मेलनमा। त्यतिबेला ह्रष्टपुष्ट र चिल्ला गाला भएका बाबुराम बदलिएछन्, दुब्लाएछन्।
त्यसो त बाबुराम पहिले पनि यस्तै दुब्लै पातलै थिए।
बीचमा हो उनी चिल्ला गालाका साथ रहरलाग्दा भएको। अहिले यस्ता भएका छन्-
नयाँ शक्ति नयाँ शक्ति भन्दै कराइरहेका रवीन्द्र मिश्र, उज्ज्वल थापाहरुलाई हेरेको हेर्यै बनाएर बाबुरामले नयाँ शक्ति नामको पार्टी नै बनाए। अब रवीन्द्र मिश्र र उज्ज्वल थापाहरुले साझा पार्टी र विवेकशील पार्टी एकीकरण गरिसके। बाबुरामले पनि उपेन्द्र यादवको संघीय समाजवादीसँग पार्टी एकीकरण गर्न लागेका थिए। तर बीचमै कुरा भाँडियो। अनि प्रचण्डले एक हौँ भनेर गरेको आह्वानको जवाफ पनि आजको पत्रकार सम्मेलनमा दिए- सम्भव छैन भन्दै।
भनेपछि नाममा नयाँ तर पुरानै अनि नाममा शक्ति तर शक्तिविहीन बन्न पुगेको छ नयाँ शक्ति पार्टी। तर यी एसएलसीका बोर्ड फर्स्ट पूर्व प्रधानमन्त्री थाकेका, गलेका जस्ता देखिए पनि हारेका छैनन्। आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले उनको हैसियत स्पष्ट बनाउनेछ।
एक पटक चुनावको नतिजामा हेरौँ नयाँ शक्तिले काठमाडौँका नगरपालिकाहरुमा वडाअध्यक्ष पदमा ल्याएको मत।
नगरपालिका पद वडा नाम भोट
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 3 राजाराम पुडासैनी 4
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 5 प्रह्लाद खत्री 58
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 6 रमेश कुमार कुईकेल 23
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 9 शीव हरी भट्टराई 9
नगरपालिका पद वडा नाम भोट
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 3 राजाराम पुडासैनी 4
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 5 प्रह्लाद खत्री 58
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 6 रमेश कुमार कुईकेल 23
कागेश्वरी मनोहरा नगरपालिका वडा अध्यक्ष 9 शीव हरी भट्टराई 9
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 1 सरल गोपाल महर्जन 18
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 2 किरण सिंह 55
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 4 विनोद प्रसाद तिम्सिना 5
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 5 जित सिं महर्जन 31
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 6 संगम नेपाल 105
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 7 दिनेश महर्जन 84
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 9 चण्देश्वर महर्जन 107
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 10 केश रत्न बज्राचार्य 502
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 2 किरण सिंह 55
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 4 विनोद प्रसाद तिम्सिना 5
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 5 जित सिं महर्जन 31
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 6 संगम नेपाल 105
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 7 दिनेश महर्जन 84
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 9 चण्देश्वर महर्जन 107
किर्तिपुर नगरपालिका वडा अध्यक्ष 10 केश रत्न बज्राचार्य 502
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 1 सपना घिमिरे 9
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 2 रोज कुमार लामा 92
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 6 मान बहादुर लामा 132
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 8 प्रकाश श्रेष्ठ 25
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 2 दिपक भूर्तेल 5
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 4 बिष्णु बहादुर महर्जन 16
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 6 ललित बलामी 5
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 8 रवि यसमाली 12
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 13 राम बहादुर के.सी 36
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 1 उमेश अधिकारी 7
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 2 बाबुलाल तामाङ्ग 26
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 3 रमेश देवकोटा 4
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 5 शम्भु लामा 138
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 6 मन हरी कार्की 15
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 7 कृष्ण हरी थापा 26
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 9 सजित थापा 36
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 10 खुत राज अधिकारी 81
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 2 रोज कुमार लामा 92
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 6 मान बहादुर लामा 132
गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष 8 प्रकाश श्रेष्ठ 25
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 2 दिपक भूर्तेल 5
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 4 बिष्णु बहादुर महर्जन 16
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 6 ललित बलामी 5
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 8 रवि यसमाली 12
चन्द्रागिरी नगरपालिका वडा अध्यक्ष 13 राम बहादुर के.सी 36
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 1 उमेश अधिकारी 7
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 2 बाबुलाल तामाङ्ग 26
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 3 रमेश देवकोटा 4
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 5 शम्भु लामा 138
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 6 मन हरी कार्की 15
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 7 कृष्ण हरी थापा 26
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 9 सजित थापा 36
तारकेश्वर नगरपालिका वडा अध्यक्ष 10 खुत राज अधिकारी 81
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 1 सुरेश श्रेष्ठ 13
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 3 विनोद खत्री 10
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 4 भरत बहादुर बस्याल 6
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 5 सहदेव लामा 16
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 8 अर्जुन तामाङ्ग 7
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 9 सन्जु माया तामाङ्ग 64
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 3 विनोद खत्री 10
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 4 भरत बहादुर बस्याल 6
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 5 सहदेव लामा 16
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 8 अर्जुन तामाङ्ग 7
दक्षिणकाली नगरपालिका वडा अध्यक्ष 9 सन्जु माया तामाङ्ग 64
नागार्जुन नगरपालिका वडा अध्यक्ष 2 सोनाम थापा 158
नागार्जुन नगरपालिका वडा अध्यक्ष 3 राजेन्द्र थापा मगर 367
नागार्जुन नगरपालिका वडा अध्यक्ष 4 सुरज बस्नेत 40
नागार्जुन नगरपालिका वडा अध्यक्ष 5 पुस्कर बसेल 43
नागार्जुन नगरपालिका वडा अध्यक्ष 6 सानुभाई गिरी 33
नागार्जुन नगरपालिका वडा अध्यक्ष 7 मदन गिरी 45
नागार्जुन नगरपालिका वडा अध्यक्ष 9 कल्पना वुढाथोकी 14
नागार्जुन नगरपालिका वडा अध्यक्ष 10 पुष्प राज गौतम 40
नागार्जुन नगरपालिका वडा अध्यक्ष 3 राजेन्द्र थापा मगर 367
नागार्जुन नगरपालिका वडा अध्यक्ष 4 सुरज बस्नेत 40
नागार्जुन नगरपालिका वडा अध्यक्ष 5 पुस्कर बसेल 43
नागार्जुन नगरपालिका वडा अध्यक्ष 6 सानुभाई गिरी 33
नागार्जुन नगरपालिका वडा अध्यक्ष 7 मदन गिरी 45
नागार्जुन नगरपालिका वडा अध्यक्ष 9 कल्पना वुढाथोकी 14
नागार्जुन नगरपालिका वडा अध्यक्ष 10 पुष्प राज गौतम 40
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 1 कृष्ण कुमारी विष्ट 7
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 2 नहकुल खरेल 13
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 3 शिव राज पौडेल 17
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 10 सत्य नारायण अधिकारी 122
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 12 सुमिता श्रेष्ठ 33
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 2 नहकुल खरेल 13
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 3 शिव राज पौडेल 17
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 10 सत्य नारायण अधिकारी 122
बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष 12 सुमिता श्रेष्ठ 33
बदलिए बाबुराम
एपी वानको रियालिटी शो नेपाल आइडलमा यसपटक फेरि एक जना जज गायब भए। यो साताको परफर्मेन्स र एलिमिनेसन दुवै राउन्डमा न्ह्यु बज्राचार्य देखिएनन्। यसअघि पनि न्ह्यु बज्राचार्य अनुपस्थित भएपछि विदेशी कन्सलटिङ डाइरेक्टरले कसरी उनलाई अमेरिकाबाट रातारात बिजनेस क्लासको टिकट दिई फर्काएर कार्यक्रमको सुटिङ गरिएको थियो भन्ने ब्लग तपाईँले माइसंसारमा पढिसक्नुभएको छ। (छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्)
यस पटक भने निर्देशकहरुले चलाखी गरे र निम्त्याए अतिथि जजहरु। आइडल सिरिजमा गेस्ट जजहरु पनि निम्त्याउने गरिन्छ। त्यसैको उपयोग यस पटक गरियो। बिहीबार कोमल ओली र लोचन रिजाल निम्त्याइयो भने शुक्रबार तुलसी घिमिरे। तर कहाँ गए त न्ह्यु बज्राचार्य?
पहिले जस्तै न्ह्यु बज्राचार्य आनी छोइङ डोल्माको कन्सर्टमा व्यस्त भएका हुन्। त्यसो त कन्सर्ट जुलाई १८ र १९ मा ताइवानको राजधानी ताइपेइको सन यात्सेन हलमा पनि थियो। तर ती कन्सर्टमा न्ह्यु उपस्थित भएनन्। आनीलाई बाँसुरीमा रमन महर्जन र गितारमा गोपाल रसाइलीले साथ दिए।
जुलाई २१ को नेपाल आइडलको सुटिङ सकाएर न्ह्यु बज्राचार्य भोलिपल्ट चीनको चेङ्दु पुगे। आनीको अर्को कन्सर्ट तिब्बतको युसुमा जुलाई २७ बिहीबार हुँदै थियो। त्यसैका लागि न्ह्यु तिब्बत पुगेका हुन्। चेङदुबाट सबै सँगै युसु पुगेका थिए।
जुलाई २१ को नेपाल आइडलको सुटिङ सकाएर न्ह्यु बज्राचार्य भोलिपल्ट चीनको चेङ्दु पुगे। आनीको अर्को कन्सर्ट तिब्बतको युसुमा जुलाई २७ बिहीबार हुँदै थियो। त्यसैका लागि न्ह्यु तिब्बत पुगेका हुन्। चेङदुबाट सबै सँगै युसु पुगेका थिए।
बिहीबार युसुमा भएको कन्सर्टमा आनीलाई न्ह्युले गितारमा साथ दिए।
नेपाल आइडलका अबका इपिसोडहरु कुनै थिम जस्तै लोकगीत, कसैलाई ट्रिब्युट आदि हुने गर्छ। दर्शकको भोटले कसैलाई आउट गरिने भएकोले जजहरुको पनि कमेन्ट र केही स्क्रिप्टेड नाटकका लागि बाहेक अरु उपयोग हुन्न। वाइल्ड कार्डबाट कसैलाई फिर्ता बोलाउनेमा भने जजहरुको पनि हात हुने गर्छ। आइडल सिरिजमा वाइल्ड कार्डबाट कसैलाई फर्काउने कुरा सम्भव भए पनि नेपाल आइडलमा त्यो उपयोग हुने नहुने स्पष्ट भइसकेको छैन।
किन देखिएनन् यो साता नेपाल आइडलमा एक जज?
प्रविधिको यो युगमा मेरो चिठ्ठी देख्दा तिमीलाई आश्चर्य लाग्ला तर फोनबाट यी सबै कुराहरु तिमीसंग बताउन मलाइ अलि अप्ठ्यारो लागेकोले मैले यो चिठ्ठीको सहारा लिएर तिमीलाई आफ्नो मनको कुरा स्पष्ट पार्न खोजेको छु। आशा छ तिमीले यो चिठ्ठी शान्त मनले पुरै पढेर मात्रै आफ्नो प्रतिक्रिया दिने छ्यौ।
तिमीहरु नेपाल फर्केको पनि लगभग एक महिना हुन लागेछ, तिमीले र छोरीहरुले नेपालको बसाइमा पक्कै पनि रमाइरहेका होलाउ भन्नेमा म बिश्वस्त छु। काठमाडौँको धुलो, हिलो, महंगी र अस्तव्यस्तता ले सताए पनि यहाँको ४५ डिग्री को गर्मी र बातावरणीय प्रदूषण भन्दा त्यहि हिलो र धुलो तिमीहरुलाई मन पर्छ भन्ने मलाइ थाहा छ। म पनि यहाँ ठिकै छु, प्रचण्ड गर्मीमा पनि मैले फेरी प्रफुल्ल भएर दिन कटाउने बहाना भेट्टाएको छु, आज म त्यसैको बारेमा तिमीलाई लेख्दै छु।
तिमीहरु नेपाल गएपछि एक्लो मनलाई शान्त गर्न उपायहरु खोज्दै गर्दा मैले मेरा पहिलेका फोटोहरु र भिडियोहरु हेर्दै बितेका दिनहरुको यादमा रमाउंदै थिएँ। यसैबीच धेरै समय अगाडी खिचेको एउटा तस्वीरले मेरो मन तान्यो, त्यो तस्विर लाई मैले धेरै बेर घोरिएर हेरेँ। म जति जति हेर्दै गएँ म उति उति त्यो तस्विर प्रति आकर्षित हुँदै गएँ। बाह्र बर्ष अगाडी खिचेको उक्त फोटो मेरी पुर्व प्रेमिकाको थियो। यौवनले धपक्क बलेकी, सधैँ मलाइ नै हेरिरहेका जस्ता लाग्ने चम्किला आँखा र केहि बोल्न खोजिरहेका अधरहरुले मलाइ पुन: प्रेमको सागरमा चुर्लुम्म डुब्न बाध्य बनायो। उनी संग बिताएका हरेक पलहरु मानसपटलमा एकपछि अर्को गर्दै सजीव भएर आइ नै रहे। जति जति ती दृश्यहरु मेरो मगजमा खेल्दै गए उति उति मेरो मन प्रफुल्ल को साथै अशान्त पनि हुँदै गयो। त्यो रात म तिमीलाई मनमा राखी खुशीको निद सुतेँ।
बिगतका ती खुशीका असंख्य र अमुल्य पलहरु म कसरी बिर्सन सक्थें र? मलाइ थाहै नभई मेरो आत्माको भित्रि भागमा ती स्मरणहरुले कहिल्यै नमेटिने गरी आफ्नो ठाउं बनाइसकेका रहेछन। जति बिर्सन खोज्यो उति नै ताजा भएर ती यादहरुले मलाइ पछ्याइरहे, पछ्याइ नै रहे… ।
नदीको किनारामा डिसेम्बरको चिसो हावामा लुगलुग काँप्दै मनाएको क्रिसमसको त्यो रात अनि एक अर्काको हात रगटेर धुँवा जस्तो श्वासको त्यो न्यानोपनले एक अर्काको जाडो हटाउने त्यो प्रयास म कसरी बिर्सुं? जुलाईको प्रचण्ड गर्मिमा पार्कमा संगै साइकल चलाएर घुम्न जाँदा मेरो निधारबाट चुहिने लागेको पसिना पुछ्दै लोलाएको तिम्रा आँखाले मलाइ एकटक ले हेर्दाको क्षणमा मायाको सागरमा डुबेको त्यो अनुभबले मेरो मुहारमा अझै पनि मुस्कान ल्याउन प्रयाप्त छ।
त्यो बेला म उनीसंग कति खुशी र सुखी थिए भने यस्तो लाग्थ्यो- संसारको सबभन्दा खुशी र सुखी मान्छे म नै हुँ। न कुनै चिन्ता, न कुनै पश्चाताप, न कुनै छल कपट, त्यो पवित्र प्रेम मेरो लागि सधैँ अनुपम रह्यो र अनुपम नै रहनेछ। उनको तस्वीरले मलाई पुन: त्यो प्रेम प्राप्तिको लागि कोशिश गर्न प्रेरित ग-यो।
तिमीलाई थाहै छ , मैले आज सम्म तिमीसंग कुनै कुरा पनि लुकाएको छैन र भविष्यमा पनि लुकाउने छैन। मेरा जीवनका राम्रा नराम्रा सबै कुराहरु तिमी माझ खुल्ला पुस्तकका पानाहरु जस्तै छन्। प्रकृतिको नियम हो की हरेक सत्य कुरा ढिलो चांडो अवश्य पनि उजागर हुन्छ त्यसैले मैले सबै कुरा हरु तिम्रो माझ निर्धक्क रुपमा भन्ने गरेको छु। मैले कुनै कुरा लुकाएर पछि अन्य व्यक्ति बाट उक्त कुरा थाहा पाउँदा तिमीलाई कस्तो अनुभव होला त्यो मैले कल्पना गर्न सक्छु किनभने आफुले बिश्वास गरेको व्यक्तिले त्यसो गर्दा कस्तो हुन्छ भन्ने मैले मेरा केहि ‘साथी’हरुको ब्यबहारले महशुस गरिसकेको छु।
बाह्र बर्षको हाम्रो बैबाहिक सहयात्रामा तिमीले दिएको निस्वार्थ साथ प्रति म निकै कृतज्ञ छु र कृतज्ञ रहिरहनेछु। मलाइ आशा छ मैले पनि एउटा पति हुनुको जिम्मेवार पूर्णरुपले निभाएको छु र निभाई रहनेछु। यदि आज सम्मको हाम्रो सहयात्रा मा म बाट कुनै गल्ति हुन गएको भए मलाई अज्ञानी सम्झी माफ गरिदिनेछ्यौ भन्नेमा म पूर्ण विश्वस्त छु।
तिमीलाई थाहा नै छ -हाम्रो जीवन एउटा परिवर्तनको सृंखला हो। बाल्यकाल देखि आज सम्म आइपुग्दा हामीले अनेकन परिवर्तनका घडीहरू पार गरेका छौ र भविष्यमा पनि अन्य असंख्य परिबर्तनका खुट्किलाहरु चढ्दै जाने छौँ। परिबर्तन प्रकृति को अकाट्य नियम हो र मनुष्यको लागि बाँच्नको लागि अपरिहार्य बस्तु पनि हो। परिवर्तन नहुँदो हो त हामी अझै पनि एक कोषिय जिवको रुपमा बाँचीरहेका हुने थियौं होला। एकोहोरो उराठलाग्दो जीवन कसैलाई पनि रमाइलो लाग्दैन त्यसैले हामी सबैले कुनै न कुनै रुपमा जानी या नजानी परिबर्तन खोजिरहेका हुन्छौं। म पनि अहिलेको पट्यारलाग्दो एकोहोरो जीवनमा केहि परिवर्तन ल्याउन बहाना खोजी रहेको थिएँ, यसैबीच उनको तस्बिर नजर सामु आयो।
हाम्रो बिबाह पश्चात घरपरिवार को नियम, सामाजिक परिवेस, आर्थिक चिन्ता, भविष्यको चिन्ता, बच्चाहरुको आगमन, बढ्दो उमेर, बिग्रदो स्वास्थ आदि अनेक कारणले गर्दा हामी दुबैले सायदै प्रेमको लागि समय पायौं होला। तर मैले यसमा तिमीलाई या परिस्थिति लाई दोष दिन खोजेको होइन, सायद बिबाह पश्चात म आफैं नै त्यसको लागि तयार थिएन। म बिबाह पश्चात पनि पहिलेको जस्तै प्रेममा चुर्लुम्म डुबेर प्रेमरस पिउन चाहन्थें तर उल्लेखित कारणले गर्दा त्यो सम्भब भएन। म प्रेम-चरी आफ्ना ती प्रेम चाहना हरुलाई आफु भित्रै दबाएर जिउन थालें। तर आफ्ना इच्छा र आकांक्षाहरुलाई दबाएर राख्नु निश्चय नै राम्रो कुरा होइन किनभने ती दबेका इच्छा र आकांक्षा हरु कुनै न कुनै रुपमा प्रस्फुटित हुन्छन नै, अझ कहिले काँही त ती डरलाग्दो रुपमा प्रस्फुटित हुन्छन र नराम्रो नतिजा पनि निम्त्याउनछन। त्यसैले मैले पनि पहिले जबर्जस्ति दबाएर राखेका ती इच्छाहरुलाई अरु बढि दबाएर राख्न चाहेन त्यसैले आज तिमी संग प्रष्ट पार्न चाहन्छु।
छोरीहरु हुर्किसकेको र आर्थिक रुपले सबल भैसकेको अहिलेको हाम्रो अबस्थामा, आफ्ना दबेका इच्छाहरुलाई पुनर्जागृत गराउने मेरो प्रयास तिमीले बुझिदिने छ्यौ र मलाइ साथ दिने छ्यौ भन्नेमा म ढुक्क छु किनभने आजसम्म मेरो खुशीको लागि तिमीले जस्तोसुकै बलिदान गर्न पनि पछि परेकी छैनौ। जीवनको यो घडीमा आउँदा प्राय सबैले आ-आफ्नो खुशीको लागि केहि न केहि चयन गर्छन। कसैले समाजसेवामा आफ्नो खुशी खोज्छन, कसैले राजनीतिलाई आफ्नो पेशा बनाउछन र त्यसैमा रमाउँछन्, कोहि विश्वयात्रामा निस्कन्छन, कोहि मदिरा को साथ लिन्छन, कसैले आध्यात्मिक बाटो रोज्छन, मैले चाहिँ प्रेमको बाटो रोजें।
त्यो दिन उनलाई तस्विरमा देखे पछि म सहन नसकेर अर्को दिन उनलाई फोन गर्न पुगें। प्रविधिले गर्दा मानिस हरु बिचको दुरी निकै कम भैसकेको छ। प्रविधिले गर्दा कतिले दुख पनि पाएका र बिकृतिहरु बढेका समाचारहरु पनि हामीले पढेका छौं तर मेरो मामलामा यसले निकै ठुलो सहयोग गरेको छ, यसको लागि प्रबिधि विकास गर्ने बैज्ञानिक र त्यसलाई प्रयोगमा ल्याउने आविस्कारक दुबै मेरा धन्यबादका पात्रहरु हुन। उनीसंगको केहि दिनको दैनिक फोनको कुराकानी पछि मैले भिडियोबाट कुरा गर्ने जमर्को गरें। पहिले त उनले इन्कार गरिन तर मेरो हठ पछि उनले भिडियोबाटको कुराकानी पनि स्विकारिन, उनी मलाइ भिडियोमा हेर्न चाहदैनथिन तर म उनलाई देख्न सक्थेँ। म उनलाई हेरिरहन चाहन्थे, पेटभरी हेरिरहन चाहन्थें।
उनको मिठो बोलीले मेरो मन आनन्द ले प्रफुल्लित भयो बाह्र बर्ष अगाडिका प्रेम प्रसंग फेरी शुरु भए झैं लाग्यो, कता कता कौतुहलता बढ्यो, उनको समिप गएर उनीसंग फेरी पहिले जस्तै निस्फिक्री रमाउन मन लाग्यो।
उनको मिठो बोलीले मेरो मन आनन्द ले प्रफुल्लित भयो बाह्र बर्ष अगाडिका प्रेम प्रसंग फेरी शुरु भए झैं लाग्यो, कता कता कौतुहलता बढ्यो, उनको समिप गएर उनीसंग फेरी पहिले जस्तै निस्फिक्री रमाउन मन लाग्यो।
मलाइ अझै याद छ हाम्रो बिबाह भन्दा पहिलेको रात मैले उनलाई फोन गरेको थिएँ। तर उनी मेरो कुनै पनि प्रश्नको उत्तर नदिई सुँक्क सुँक्क रोइरहिन, केहि बोलिनन। जति कोशिस गर्दा पनि मैले उनलाई फकाउन सकेन, उनको कुरा बुझ्न सकेन। उनको त्यो दशा देखेर त्यो दिन मैले मनमनै एउटा प्रण गरें- यदि हाम्रो प्रेम साँचो रहेछ भने कुनै न कुनै दिन हाम्रो त्यो प्रेम अबश्य पुन: प्रस्फुटित हुनेछ र मैले त्यो घडीलाई फेरि गुमाउने छैन। मलाइ लाग्छ त्यो दिन आइपुगेको छ।
हाम्रो बिबाह पछि मैले तिमीमा उनीलाई नै खोजें, मेरा तिर्खाएका आँखाहरु हरपल उनकै खोजीमा हुन्थे। तर तिमीमा र उनीमा निकै फरक थियो- उनको केन्द्रविन्दुमा म थिएँ, तिम्रो केन्द्रबिन्दुमा पुरै परिवार छ; उनी रोमान्टिक थिइन, तिमी ब्यबहारिक छ्यौ; उनी खर्च गर्न खोज्थिन, तिमी संचय गर्न खोज्छ्यौ…. । त्यो फरक देखेर बिस्तारै मैले तिमीमा उनलाई खोज्ने प्रयत्न पनि छोडिदिए। तैपनि कुनै दिन उनी अकस्मात कतै भेटीइहाल्छिन की भन्दै एता उता खोज्थें। उनी र म पहिले सुटुक्क भेट्ने ठाउँमा गएर कुर्थें तर उनी फेरि कहिल्यै देखा परिनन।
तर भाग्यको खेल नै भनौ या समयको चक्र-आज मेरो उनी प्रतिको प्रेमको पुर्जागारण भएको छ। मैले उनीसंग पुनर्मिलनको प्रस्ताब राख्ने विचार गरेको छु। मलाई थाहा छ दुवैको बिबाह भैसकेको हुनाले दुवैतिर पारिवारिक र सामाजिक बन्धनहरुले गर्दा उनले पनि आफ्ना इच्छा र आकांक्षालाई दबाउदै मेरो प्रेमको पुन: अनुरोधलाई स्वीकार गर्न मान्ने छैनिन। तर प्रेम गर्नु पाप होइन पुण्य हो भन्ने मान्यतालाई आत्मसात गर्दै मैले यो चिठ्ठी मार्फत तिमीसंग मेरी पुर्व प्रेमिका संग पुन: प्रेमजीवनमा फर्किनको लागि अनुमति पाउनको लागि आग्रह गर्दछु। मलाइ थाहा छ मैले मागेको यो अप्रत्यासित परिबर्तन तिम्रो लागि यो कठोर निर्णय हुनेछ तर पनि प्रेम जोडी लाई मिलाउन गरेको तिमो सहयोग र त्यागले सम्मान पाउनेछ, हामी जस्तै हजारौं लाखौं बिबाहित प्रेमजोडी हरुले तिमीलाई आशिर्वाद दिने छन। मेरो आग्रह छ तिमी यसमा उदाहरण बनेर देखाऊ , पथ प्रदर्शक भएर देखाऊ।
तर भाग्यको खेल नै भनौ या समयको चक्र-आज मेरो उनी प्रतिको प्रेमको पुर्जागारण भएको छ। मैले उनीसंग पुनर्मिलनको प्रस्ताब राख्ने विचार गरेको छु। मलाई थाहा छ दुवैको बिबाह भैसकेको हुनाले दुवैतिर पारिवारिक र सामाजिक बन्धनहरुले गर्दा उनले पनि आफ्ना इच्छा र आकांक्षालाई दबाउदै मेरो प्रेमको पुन: अनुरोधलाई स्वीकार गर्न मान्ने छैनिन। तर प्रेम गर्नु पाप होइन पुण्य हो भन्ने मान्यतालाई आत्मसात गर्दै मैले यो चिठ्ठी मार्फत तिमीसंग मेरी पुर्व प्रेमिका संग पुन: प्रेमजीवनमा फर्किनको लागि अनुमति पाउनको लागि आग्रह गर्दछु। मलाइ थाहा छ मैले मागेको यो अप्रत्यासित परिबर्तन तिम्रो लागि यो कठोर निर्णय हुनेछ तर पनि प्रेम जोडी लाई मिलाउन गरेको तिमो सहयोग र त्यागले सम्मान पाउनेछ, हामी जस्तै हजारौं लाखौं बिबाहित प्रेमजोडी हरुले तिमीलाई आशिर्वाद दिने छन। मेरो आग्रह छ तिमी यसमा उदाहरण बनेर देखाऊ , पथ प्रदर्शक भएर देखाऊ।
तिम्रो अनुमति पाएर मेरी पुर्व प्रेमिका संगको मिलन पछि पनि हामी पति पत्नी नै रहनेछौं, मैले पतिले निभाउने हरेक जिम्मेवारी कुनै कमी बिना निभाउने छु। छोरीहरुलाई पनि बाबुको पूर्ण माया ममता दिएर उनीहरुको पढाई र हेरचाहमा कुनै कमी आउन दिने छैन। म तिमीलाई बिस्वस्त पार्न चाहन्छु की हाम्रो परिवारको खुशीमा मेरी पुर्व प्रेमिकासंगको नयाँ सम्बन्धले कुनै असर पार्ने छैन अझ त्यसले हाम्रो पारिवारिक सम्बन्ध र खुशीमा नयाँ आयाम थप्ने छ। मलाइ बिश्वास छ मेरो यो सानो आग्रह तिमीले खुशीसाथ स्वीकार्ने छौ तिमि र म फेरि एक पटक बिबाहपुर्वको हाम्रो त्यो प्रेम जीवनमा रोमान्चित भएर जिउने छौं- मेरी पूर्व प्रेमिका कुसुम ।
-उहि तिमीलाई असीम माया गर्ने तिम्रो पति तथा पूर्व प्रेमी
कथा : पूर्व प्रेमिका
म भित्तो हेरिहरहेको छु। कोठाको भित्तोमा टाँसेर राखिएको टेबलमा बिराजमान ल्यापटको स्क्रिनमा। फेसबुकको भित्तो। यो डिजिटल भित्तोमा मधुर प्रकाश सहित टल्किएको प्रश्न, “तपाईको दिमागमा के छ ?” यो निकै सोचनीय र घोचनीय प्रश्न हो। साँच्चै मेरो दिमागमा के छ। म आफैलाई खोतल्न थाल्छु। केही छिन अगाडि म भबिष्यका योजनाहरुको बारेमा सोचिरहेको थिएँ। फत्ते गर्नुपर्ने कर्महरु सम्झेर मन पुरै अल्छी मानिरहेको थियो। बोर लागेर ल्यापटप अन गरेको हुँ। सामान्यतया बोर लागेको बेला ल्यापटप खोल्नु भनेको फेसबुक खोल्नु हो। यसपाली पनि भएको त्यही थियो।
भित्ताहरु सदियौदेखि मानिसको लागि लेख्ने–कोर्ने ठाउँ ठहरिदै आएका हुन् । प्राचिन गुफाका भित्ताहरुमा प्रचिन मानवले अंकित गरेका शिकार, संघर्ष, उत्सुकताहरु । भित्ताहरु आफैमा निर्जीव हुन् तर तिनमा कुदिएका चित्र, चिन्ह वा अक्षरहरुले ति भित्ताहरुमा ज्यान फुकिदिएका हुन्छन् । सदियौ पछाडि कुनै पुरातत्वविदहरुले ति भित्तालाई सजिब व्याख्या गरिदिन्छन् । अनि ति भित्ताहरु व्यक्त हुन्छन्, पुरातत्वविदका अनुमानहरुमा ।
आफ्नै जीवनकालमा आफ्नै गाउँ शहरका भित्ताहरुमा लेखिएका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका, संघियता, समानुपातीक, समाबेसीता । आफ्नै बुता अनुसार तथा म बरिपरीकाको धारणा अनुसार मैले बुझेथे । ति युगका आवाजहरु भनिन्थे । कति पुरा भए कति बाँकी छन् लाग्छ हिसाब अझै बेरुजु छ ।
आफ्नै जीवनकालमा आफ्नै गाउँ शहरका भित्ताहरुमा लेखिएका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका, संघियता, समानुपातीक, समाबेसीता । आफ्नै बुता अनुसार तथा म बरिपरीकाको धारणा अनुसार मैले बुझेथे । ति युगका आवाजहरु भनिन्थे । कति पुरा भए कति बाँकी छन् लाग्छ हिसाब अझै बेरुजु छ ।
स्कुल–कलेजका शौचालयका भित्ताहरुमा अंकित चिन्ह र उद्गारहरु उमेरका आवेगहरु थिए । त्यसको आयाम पनि मैले महशुस गरेको हुँ । कहिले–कहिले सहभागी पनि भएको हुँ ।
आज, आधुनिक प्रबिधीले ठड्याएको फेसबुकको भित्तो छ । म निरन्तर कोरिरहेको छु । हेरि रहेको छु । कहिले आबेग, कहिले मत, कहिले तर्क, कहिले कुण्ठा, कहिले रिस, कहिले उत्सुकता, कहिले गुनासो, कहिले निराशा, कहिले अडम्बर, कहिले दार्शसनिकता, कहिले अनुमान, कहिले चाकरी आदी इत्यादी, अनन्त । फेसबुका भित्ताहरुमा फोटाहरु, चित्रहरु पनि प्रशस्तै राखिन्छन् । तिनका नि अर्थ, राख्दाका भाव र राख्नुका कारण विभिद छन् । एउटा समानता छ । तिनले धेरै “लाइक्स्” पाउँछन् ।
फेसबुकले मिसिल बनाएर राखिदिएको छ वितेका समयहरुलाई । र म आफैलाई आफ्नै मिसिलहरुमा खोजिरहेको छु । आज भन्दा सात, आठ वा तीन बर्ष अगाडिको म, फेसबुकमा पहिलोपटक कोरेको म । क्रम मिलाएर हेरे पनि भयो, उसै हेरे पनि भयो । एउटा छुट्टै रमाईलो छ यसमा । बेला बेला लाग्छ के म त्यही हुँ । कि त्यो अरु कोही नै थियो । अनि म अहिले अरु कोही हुँ । यसमा आफैलाई हेर्दा लाग्छ । यस भित्र, म छु पनि । म छुइन पनि । म हुँ पनि । म हुइन पनि । तर पनि अझै म, मैपनि । किनकी यो मेरो नामको भित्तो हो । कतिले त मलाई यही भित्तैमा मात्र पनि चिनेका छन् । कति समानता होला यो भित्तोको म र त्यो भित्तो बाहिरको ममा । साच्चै छक्क लाग्छ । यो भित्तोको म जतिकै खुशी छु त म ? यो भित्तोको म जतिकै बुझ्की छु त म ? यो भित्तोको म जति कै परोपकारी छु त म ? यो भित्तोको म जतिकै निस्वार्थी–निश्पक्ष छु त म ? यो भित्तोको दार्शनिक बुझाईको मजतिकै गहिरो बुझाइकु छु त म ? के यो भित्तोको म जतिकै सुन्दर छु त म ? यि उत्तर दिने–हुने अपेक्षा बेगर गरिएका प्रश्नहरु हुन् ।
समयले दुःख हराउने होइन सम्झनामात्र भुलाउने हो । न त समयले खुशी वा दुःख ल्याइदिने हो । समयले ल्याइदिने भनेको परिवर्तन मात्र हो । त्यो समय परिवर्तन भएको होइन । म आफै परिवर्तन भएको हुँ, पक्कै । त्यही प्राचिन गुफाको भित्तो जस्तै, भित्तो हो यो । परिवर्तीत, त्यही भित्तो हो यो । यो आजको भित्तो जुनमा म निरन्तर कोरिइरहेको छु । कुनै डीजीटल उत्खननमा अचानक भेटिएमा मेरो भित्तो हेरेर के अर्थ लगाइँदो हो कुन्नि ?
स्टुटगार्ट, जर्मनी
स्टुटगार्ट, जर्मनी
भित्तो र म
असोज १७ गते राष्ट्रिय सभागृहमा भएको वाम गठबन्धन घोषणा कार्यक्रममा नेताहरुले एकअर्काको हात समातेर उचाल्दा बाबुरामको दायाँ हात नारायणकाजी श्रेष्ठले समातेका थिए भने घडी लगाएको बायाँ हात केपी ओलीले समातेका थिए। ओलीको बायाँ हात भने प्रचण्डले समातेका थिए। दायाँ हात समात्ने नारायणकाजी र ओलीको बायाँ हात समात्ने प्रचण्डले छिर्के हान्दा बाबुराम वाम गठबन्धनबाट बाहिरिन बाध्य भएका छन्। कार्यक्रममा ओलीले घोषणा गरेका थिए- बाबुरामजी सूर्य चिह्न लिएर चुनाव लड्नु हुन्छ। तर आज बाबुरामले नयाँ शक्ति पार्टीको सचिवालय बैठक डाकेर भट्टराईले वाम गठबन्धनबाट बाहिरिएको र अब गोरखाबाटै आँखा चुनाव चिह्न लिएर लड्न लागेको जानकारी गराएपछि ट्विट गरे- हाम्रा “आँखा” खुले! तपाईंको नि? चुरो कुरो गोरखाको उम्मेदवारी रहेछ।
बाबुराम गोरखा २ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष उम्मेदवार बन्न चाहन्थे। तर माओवादी केन्द्रले त्यही ठाउँबाट नारायणकाजी श्रेष्ठलाई उठाउने भनिसकेका थिए। माओवादीले गोरखा १ छाड्न सक्ने तर सूर्य हैन हसियाहथौडाबाट उठ्ने भए मात्र भनेछन्। त्यो नभए काठमाडौँमा उठे हुन्छ भनेर बाबुरामलाई फँसाउन पो खोजे। काठमाडौँकाहरु पख्लास् हाम्रो घरमा डोजर लाउने बाबुराम चुनावमा उठे डोजर लाउँछौँ भनी तम्तयार भएर बसेका थाहा पाएका उनले मान्ने कुरै भएन।
ओलीसित कुरा गरे, प्रचण्डले छिर्के हानिसकेका, के मान्थे। घोषणा कार्यक्रममै अन्तिम अवस्थामा प्रवेश गरेका बाबुराम गुड्न लागेको बसमा सिट छ कि छैन भनी नसोधी छिरेको, पछि सिट खोज्दा नपाएपछि झर्न परेको अवस्थामा पुगे।
अन्ततः उनले १० दिनमै गठबन्धन छाडेको घोषणा गरे। कारणका रुपमा नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको उल्लेख थियो। आजको प्रेस विज्ञप्ति यस्तो थियो
आज नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठक बस्यो । बैठकले गरेका निर्णयहरु जानकारीका लागि यो वक्तव्य जारी गरिएको छ:बैठकका निर्णयहरु:१. गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।२. संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने । यसअघि नै निर्णय भइसकेका निम्न क्षेत्रहरुमा भने पूर्ववत् निर्णय अनुसार नै उम्मेद्वारी दिने:१. डा. बाबुराम भट्टराई – गोरखा–२
२. कृष्णकुमार चौधरी – कैलाली–३
३. दानबहादुर चौधरी – कपिलबस्तु–१
४. प्रेम तामाङ – रसुवा
५. मदन राई – खोटाङ३. समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने ।४. उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने ।– केन्द्रीय कार्यालय
नयाँ शक्ति पार्टी, नेपाल
के थियो त त्यो दिनको सहमतिमा?
बाबुरामले साझा चुनाव चिह्नको सहमतिको कुरा उठाए पनि ६ बुँदे सहमतिमा चुनाव चिह्नबारे केही उल्लेख छैन। नयाँ शक्ति र अन्य पार्टी र समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने भन्दै एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत हुने गरी आपसी तालमेल गर्ने चाहिँ लेखिएको छ।
सूर्य चुनाव चिह्नमा लडेको भए बाबुरामको चुनाव चिह्न मतपत्रमा दुई नम्बरमा हुन्थ्यो। तर अब आँखा नै लिएर लड्ने भनेपछि निर्वाचन आयोगको सूची अनुसार मतपत्रको ५९ औँ नम्बरमा पर्नेछ। त्यो पनि फेरि आँखा आँखा भनेर मात्र चुनाव चिह्न प्रचार भयो भने ६२ नम्बरको दुई आँखा चुनाव चिह्नमा छाप लगाउलान् भन्ने डर।
प्रचण्डले छिर्के हान्दा बाबुरामले खोले आँखा, २ नम्बरबाट सीधै झरे ५९ नम्बरमा
प्रधानसेनापतिमा कटवालको थमौति काण्डदेखि बाबुरामको पालामा अध्यादेश पास नगर्नेसम्मका कुरामा पहिलो राष्ट्रपति रामवरण यादव विवादमा परेका थिए। दोस्रा राष्ट्रपति खासै विवादमा परेकी थिइनन्। केपी ओली प्रधानमन्त्री भएका बेला अर्को प्रधानमन्त्री चुनिनै नसकिने भन्दै एउटा बखेडा सुरु भएको थियो। तर त्यसको सहज निकास भयो र राष्ट्रपति विवादमा पर्नु परेन। यता माओवादीले सरकारमा पनि बस्ने, प्रमुख प्रतिपक्ष एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकतासम्मको डबल रोल खेल्दा खेलाडी ठानिएका प्रधानमन्त्री शेरबहादुर देउवा वाल्लै। माओवादी मन्त्रीहरुलाई सके बर्खास्त गर्ने, नसके बिना विभागीय मन्त्री बनाएर सरकारमा कमल थापालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएर रातो कार्पेट बिछ्याएर स्वागत गर्ने तयारी थियो देउवाको। त्यसै अनुसार संसदको म्याद सकिनुभन्दा एकदिनअघि शुक्रबार साँझ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाए।
पत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको थियो भने राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको थियो।
मन्त्रिपरिषद् यसै पनि ५६ सदस्यीय थियो भने अब चार मन्त्री र चार राज्य मन्त्री थप हुँदा ६४ सदस्यीय बन्थ्यो।
शनिबार शपथ ग्रहण हुने भनिएको थियो। तर ढ्यान्टर्यान…..राष्ट्रपतिको सुरु भयो काम जसले गर्दा कमल थापाहरुको डुब्ने देखियो घाम।
राष्ट्रपति कार्यालयले अघिपछि जस्तो प्रधानमन्त्रीबाट सिफारिश आउने बित्तिकै खुरुक्कन शपथको कार्यक्रम नमिलाई यस्तो भन्यो- ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने।’
रमाइलो कुरा त के भने आचार संहिता जारी भएको भदौ १४ गते नै हो। भदौ २६ गते आचार संहिताविपरीत प्रधानमन्त्री देउवाले कमल थापाको राप्रपाबाट टुक्रिएर बनेको राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई सिफारिश गर्दा नाइँनास्ती नगरी राष्ट्रपतिले शपथ खुवाएकी थिइन्।
निर्वाचन आयोगले उतिबेला नै यस्तो कार्य नगर्न नगराउन सरकारलाई आग्रह गरेको थियो।
राप्रपा प्रजातान्त्रिककालाई मन्त्री बन्न आचार संहिताले नरोके पनि अहिले राष्ट्रपतिको सक्रियताका कारण कमल थापाको राप्रपालाई भने संकट पर्ने देखिन्छ। शायद् उनको ग्रहदशा ठीक थिएन होला। नत्र मुखैमा आएको गृहमन्त्री सहितको पद धरापमा पर्ने थिएन।
अझ रमाइलो त के भन्देखिन्, उतिबेला राप्रपा प्रजातान्त्रिकका नेतालाई मन्त्री बनाउँदा स्वयं कमल थापाले ट्विट गरी भनेका थिए आचारसंहिताविपरीत कार्य गर्नेलाई कारबाही गर्नु र निर्णय सच्याउनु निर्वाचन आयोगको संवैधानिक दायित्व
Twitter Ads info and privacराष्ट्रपतिलाई विवादमा पर्न नदिन निर्वाचन आयोगले मन्त्री थप्न मिल्दैन भनेर सीधा कुरा प्रष्ट विचार दिन सक्नुपर्छ। पहिले जस्तो यस्तो कुरा नगर्न हार्दिक अनुरोध गर्दछौँ पाराको विज्ञप्ति निकाल्ने हो भने चाहिँ भन्न सकिन्न। कानूनविज्ञको त के कुरा गराई भो र, कांग्रेसका विज्ञले कांग्रेसी विचार दिन्छन्, वाम गठबन्धनवालाका विज्ञले उनीहरुकै विचाजसले जस्तो विचार राखे पनि निर्वाचन गराउने जिम्मा बोकेको कामचलाउ भइसकेको सरकारले मन्त्री थप्नु चाहिँ कुनै हिसाबले पनि ठीक भन्न मिल्ने देखिन्न है।
ढ्यान्टर्यान…राष्ट्रपतिको सुरु भयो काम, कमल थापाको पो डुब्ने हो कि घाम?
Thursday, October 12, 2017
टाउकोमा लाग्ने चोटपटक, बिमारी या त गलत औषधीे प्रयोगले मात्र दिमागमा असर पुग्ने होईन कि दैनीक हाम्रो जिवनको भाग दौडमा गल्तीबश यस्तो आनी बानी गरीरहेको हुन सक्छौं कि जसले हाम्रो प्रमुख मध्ये एक दिमाग ब्रेनलाइ असर पुर्याइरहेको हुन्छ ।
भारतका सीनीयर न्यूरोलोजीष्ट डा. प्रनव कुमारका अनुसार ्दिमागलाई असर पुग्ने यी बानीहरु जानौं –
- मानिसलाई एक दिनमा कम्तिमा ७ घण्टा निदाउनु पर्ने हुन्छ ,नभए दिमागले आराम पाउँदैन र यसले गर्ने कामको क्ष्मतामा ह््रास आउछ ।
- धेरै समय ैएक्लै बस्न,े मनमा धेरै कुरा खेलाउने आदतले पनि दिमागलाई असर गर्छ ,यो समस्या बढ्दै गय अल्जाईमर हुने खतरा हुन्छ ।
- जंक फुड अर्थात बजारमा पाइने अजिनोमोटो युक्त खानाको धेरै सेवन गर्दा यसमा हुने अत्यधीक सोडीयमको कारण पनि दिमागमा हुने न्यूरोन रिसेप्टर्समा धेरै हदसम्म असर पुग्दछ जसको कारणले टाउको दुखीरहने,वाकवाकी लाग्ने स्मरण शक्ती हराउदै जाने समस्या हुन्छ ।
- लगातार ठूलो आवाजमा हेडफोन या इयरफोनमा गीतहरु सुनीरहनाले ब्रेन टिस्युजमा नकारात्मक असर पुग्न गइ दिमागी असन्तुलनको साथै अल्जाईमर निम्त्याउने प्रवल सम्भावना हुन्छ ।
- खाना सँगै नियमीत ब्यायम काम नगर्नाले सुगर तथा प्रेशर बढ्ने जस्ता समस्या जसको प्रत्यक्ष ब्र्रेनमा असर पुग्ने हुन्छ ।
- चुरो सेवन गर्ने बानी जुन समयमा शरीरमा एक किसिमको खराव केमीकल शरीरले निकाल्छ जसको कारण रगत बाक्लो र गाढा हुनेहुँदा दिमाग सम्म रगत सप्लाईमा कमी आई समस्या निम्त्याउन सक्छ ।
- आवश्यक भन्दा धेरै खाना खाने बानी जसको दिमाग सँग प्रत्यक्ष सम्बन्ध हुन्छ दिमागको सोच्ने क्षमतामा कमी आउने समस्या देखा पर्छ ।
- साना कुराहरुलाई लिएर छिटो छिटो रीसाईरहने बानी जसले मुटु तथा दिमागलाई धेरै हानी पुर्याउँछ ।
- प्राकृतिक उज्यालोमा नबसी धेरै समय अँध्यारोमा रमाउन,े बन्द कोठामा गुम्सीएर एक्लै बस्ने बानी जसले डिप्रेशन बढाउनुको साथै दिमागलाई बोझ पुर्याउने हुन्छ ।
यी मध्ये कुनै पनि एक बानिले तपाईंको दिमागमा असर पुर्याईरहेको हुन्छ, जानी राखौं-
Wednesday, October 11, 2017
अख्तियारको दाबी : ८६ लाख ३१ हजार रुपैयाँ मात्रै कमाएका जयसवालले २ करोड २६ लाख रुपैयाँको सम्पत्ति जोडेर १ करोड ३० लाख रुपैयाँ भ्रष्टाचार गरे
विशेषको फैसला : १ करोड २७ लाख ४२ हजार रुपैयाँ मात्रै कमाएका जयसवालले ९१ लाख ७४ हजार भ्रष्टाचार गरे । घर निर्माणमा अख्तियारको दाबीभन्दा २० प्रतिशत कम खर्च भएको ठहर
..........
तत्कालीन जिल्ला विकास समिति, बाराका इन्जिनियर मेघु जयसवाल पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोस्रोपटक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा जयसवाललाई ९१ लाख ७४ हजार रुपैयाँ गैरकानुनी आर्जनमार्फत भ्रष्टाचार गरेको ठहर गर्दै ३ महिना कैद फैसला सुनाएको छ ।
यसअघि २०७० सालमा जिविस बाराको विकास बजेट अनियमितता गरेको आरोपमा उनीमाथि विशेष अदालतले नै २४ लाख ३५ हजार रुपैयाँ जरिवानासहित २ वर्ष कैद फैसला सुनाएको थियो ।
अथाह आर्जन
आफ्नो २२ वर्षे जागिरे जीवनमा तलबबापत ८ लाख ४८ हजार मात्र आर्जन गरेका जयसवालले त्यसको करिब ५५ गुणा बढी अर्थात् २ करोड २६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप अख्तियारको थियो । विकास बजेट भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको १० महिनापछि अख्तियारले उनीमाथि १ करोड ३० लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो । जयसवालको कुल २ करोड २६ लाख रुपैयाँ सम्पत्ति मूल्यांकन गरेको अख्तियारले ८६ लाख ३१ हजार रुपैयाँलाई वैध मानी १ करोड ३० लाख रुपैयाँको गैरकानुनी आर्जन भनी दाबी गरेको हो । विशेषले भने अख्तियारको दाबीबाहेकको ३९ लाख रुपैयाँलाई वैध नै ठहर्याई बाँकी ९१ लाख रुपैयाँलाई अवैध आर्जन भनी फैसला गरेको छ ।
२०४६ असोजमा जागिर सुरु गरेका जयसवालले हालसम्म तलबबापत ८ लाख ४९ हजार रुपैयाँ कमाए पनि ५ लाख ९४ हजार रुपैयाँ मात्रै बचत गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । जागिर सुरु गरेको १३ वर्षपछि अर्थात् २०५९ असारसम्म १ लाख ४२ हजार रुपैयाँ मात्रै आर्जन गरेका उनले त्यस अवधिमा ६३ लाख ३९ हजार रुपैयाँ जुटाएर विभिन्न क्षेत्रमा लगानी गरिसकेका थिए । घर खरिदलगायतमा उनले गरेको खर्चको ६१ लाख ९७ हजार रुपैयाँको स्रोत खुल्न सकेको थिएन ।
२०५७ सालदेखि ०५९ असारसम्म केवल १५ हजार रुपैयाँ बचत गरेका जयसवालले त्यही अवधिमा घरजग्गामा लगानी गरेका थिए । २०६० देखि ०६२ को असार मसान्तसम्म तलब र अन्य स्रोतबाट केवल १२ लाख १८ हजार रुपैयाँ आम्दानी गरेकोमा ७८ लाख ८१ हजार रुपैयाँ लगानी गरेर थप ६६ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।
तत्कालीन अवस्थामा एमालेका सक्रिय कार्यकर्तासमेत रहेका जयसवालले २०६४/६५ मा ३ लाख ९८ हजार रुपैयाँ आम्दानी गरी १६ लाख खर्च गरेर स्रोत नखुलेको थप १२ लाख रुपैयाँ जम्मा गरेको अख्तियारको सम्पत्ति मूल्यांकन प्रतिवेदनमा उल्लेख थियो । उनले आफ्नो आम्दानीको आधाजसो सम्पत्ति श्रीमती निर्मला जयसवालको नाममा राखेको भन्दै उनलाई समेत अख्तियारले प्रतिवादी बनाएको थियो ।
पैत्रिक सम्पत्तिबापत ६१ हजार रुपैयाँ मात्रै अंश पाएका उनले १० वर्षको आम्दानीको अधिकांश हिस्सा जग्गा र घरमा लगानी गरेका थिए । उनले आफ्नो ८ र श्रीमती निर्मलाको ४ गरी १२ ठाउँमा जग्गा खरिद गरेका थिए । ०५६ सालमा श्रीमतीको नाममा रहेको ४ तले घर बनाउँदा ६२ लाख रुपैयाँ खर्चेका उनले पछि दुई तला थप्दा थप ४८ लाख रुपैयाँ लगानी गरे । ३ लाख ६५ हजार रुपैयाँ काठमाडौंमा बैंक मौज्दात राखेका जयसवालको घरमा खानतलासीका क्रममा अख्तियारले ४२ तोला सुन फेला पारेको थियो ।
अख्तियारले २०६९ वैशाख १८ मा बाराका स्थानीय विकास अधिकारी मुरारी नेपालसहित अन्य कर्मचारी र १७ दलका प्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा इन्जिनियर जयसवाललाई पनि प्रतिवादी बनाइएको थियो । आर्थिक वर्ष २०६६/६७ मा कृषि, सडक, खानेपानीलगायतमा २ करोड ७२ लाख रुपैयाँ हिनामिनाको घटना छानबिन हुँदा १५ वटा सडक र खानेपानीका योजनालगायतमा जिन्सी दाखिला नै नगरी भ्रष्टाचार गरेको पुष्टि भएको थियो । अख्तियारले त्यतिबेलै जयसवालको हकमा १ करोड ७२ लाख रुपैयाँको बिगो मागदाबी गरेको थियो । २०६३ सालमा नेतृत्वविहीन भएपछि अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गर्न नसकेको अख्तियारले ८ वर्षपछि दायर गरेको जयसवालविरुद्धको यो दोस्रो मुद्दा हो ।
विशेष अदालतको फैसला
न्यायाधीशहरू भूपेन्द्र राई, पवनकुमार शर्मा र नरेन्द्रकुमार सिवाकोटीको इजलासले गत वर्ष फैसला गरी हालै तयार भएको पूर्ण पाठमा अख्तियारको मागदाबीभन्दा करिब ३९ लाख रुपैयाँ कम रकम मात्रै भ्रष्टाचार भएको ठहर गरेको छ । जयसवालले आफूले आर्जन गरेको रकम वैध देखाउन घर निर्माणका लागि दाजु मोहनप्रसाद जयसवालले बेलारुसबाट पठाएको १० लाख ३० हजार रुपैयाँ वैध भए पनि अरू रकम भने अवैध रहेको ठहर्याएको छ । ‘छुट्टीभिन्न भएका दाइले पठाएको रकमबाट घर निर्माण गरेको भन्ने दाबी भए पनि कागज प्रमाण अभाव देखिन्छ,’ फैसलामा भनिएको छ ।
विशेष अदालतले घर निर्माणमा खर्च भएको १ करोड १० लाख रुपैयाँमध्ये २० प्रतिशत रकम भने मिनाहा गरिदिएको छ । सरकारी दररेटअनुसार घरको लागत निकालिएकोमा १५ प्रतिशत ओभरहेड र ५ प्रतिशत ठेक्काकर नपर्ने भनी विशेष अदालतले घर निर्माणको लागत कम गरिदिएको हो ।
विशेष अदालतले जयसवाल परिवारले बोर्डिङ र छात्रवासबाट पाउने घर भाडालाई वैध आम्दानी भनेको छ भने सेयर, ल्यापटप, विभिन्न बैंकको ऋण चुक्ता गर्दा भएको खर्चलाई समेत वैध आर्जन नै ठहर्याएको छ । साथै, मोटरसाइकल खरिदलाई पनि विशेष अदालतले अन्यथा भन्न नमिल्ने फैसला गरेको छ ।
विशेष अदालतले जैसवालको कुल आम्दानीमध्ये १ करोड २७ लाख ४२ हजार रुपैयाँलाई मात्रै वैध ठहर्याएको हो । उसले जयसवालको दुई घर निर्माण र जग्गा खरिदमा भएको लगानीलाई अवैध ठहर्याएको हो । जसमध्ये कलैयाको एउटा घर निर्माणमा ४२ लाख ३७ लाख र अर्कोमा ४९ लाख ३६ हजार रुपैयाँ सम्पत्ति जफत हुने निर्णय पनि विशेषले सुनाएको छ ।
२०७० सालमा पनि विशेषले जयसवालसहित बाराका तत्कालीन स्थानीय विकास अधिकारी मुरारी नेपाललगायत ४ जनालाई भ्रष्टाचारी ठहर गरेको थियो । आर्थिक वर्ष २०६६/६७ मा जिल्ला विकास समिति, बारामा विभिन्न अनुदानबाट आएको १ करोड ७२ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियारले जिविसका कर्मचारी र उपभोक्ता समितिमा रहेका विभिन्न दलका नेतालाई प्रतिवादी बनाई २०६९ बैशाख १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष केदार चालिसे तथा सदस्यहरू मोहनरमण भट्टराई र भूपेन्द्र राईको इजलासले जयसवालका साथै स्थानीय विकास अधिकारी नेपाल, लेखा अधिकृत गोपीलाल दास र प्रमुख जिल्ला इन्जिनियर शीतल गुप्तालाई २४ लाख ३५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । विशेषले गुप्तालाई ६ महिना र अरू सबैलाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।
मेघु जयसवाल : दोस्रोपटक भ्रष्टाचारी ठहर
Subscribe to:
Posts
(
Atom
)